Pura Samachar

पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने:अध्यक्षओली

प्रकाशित: February 19, 2022
पूरा समाचार

पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने:अध्यक्षओली

आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँदै ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गरे ।

उनले भने, ‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं । फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए ।

उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने, ‘देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’

प्रतिक्रिया