Pura Samachar

आज सुनको मूल्य ४०० रुपैयाँ घटयो

प्रकाशित: February 21, 2022
पूरा समाचार

आज सुनको मूल्य ४०० रुपैयाँ घटयो

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य ४०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज (सोमबार) ९६ हजार २०० रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । बिहीबार यो गुणस्तरको सुनको मूल्य ९६ हजार १०० रुपैयाँ तोकिएको थियो । यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला १३०५ रुपैयाँ रहेको चाँदीको प्रतितोला मूल्य आज १३०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया