Pura Samachar

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रकाशित: February 24, 2022
पूरा समाचार

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लागेको महाभियोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार महाभियोगविरुद्ध संवैधानिक रिटकाे रूपमा दुई रिट दर्ताको भएकाे हाे ।

महाभियोगविरुद्ध अधिवक्ता पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले संवैधानिक रिट दर्ता गर्नुभएको हो।

रिटमा शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग लगाइएको भन्दै महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरिएकाे छ ।

रिटमा संघीय संसद सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको पाैडेलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया