
काठमाडौं । त्रिभुवन विमानस्थलका सुरक्षा कमाण्डर ध्रुवराज थापा निलम्बनमा परेका छन् ।
बिना पासर्पोट र भिसा एक व्यक्ति दोहा उड्न लागेको जहाजभित्र पुगेको घटनापछि थापालाई निलम्बन गरिएको हो ।
घटना सार्वजनिक भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सो घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए ।
सुरक्षा लापरबाही देखिएको भन्दै कमाण्डर थापालाई निलम्बन गरिएको हो ।
गत सोमबार राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको जहाजको ढोकामा रौतहटका १८ वर्षीय हस्पम आलम विना बोर्डिङपास भेटिएका थिए ।
प्रतिक्रिया