Pura Samachar

‘ए’ डिभिजन लिग फुटबल: आज शुक्रबार दुई खेलहरु हुँदै

प्रकाशित: February 25, 2022
पूरा समाचार

‘ए’ डिभिजन लिग फुटबल: आज शुक्रबार दुई खेलहरु हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

आफ्नो अन्तिम खेलमा जित निकाल्दै जावलाखेल र संकटा लिगको सुखद अन्त्य गर्ने योजनामा हुनेछन् ।

यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड रेलिगेसनमा परिसकेको छ ।

थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ब्रिगेड र थ्री स्टार पनि जित निकाल्दै सिजनको अन्त्य गर्न चाहन्छ ।

प्रतिक्रिया