
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका–३ नकुमा पहिरोले घर पुरिँदा छ जनाको मृत्यु भएको छ ।
गएराति गएको पहिरोमा वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा छ जनाको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर वडा सदस्य विष्टका चार र उनका दाजुका दुई गरी छ सन्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिलबहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको हो ।
प्रतिक्रिया