Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा

प्रकाशित: February 25, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्री देउवासँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।

यस्तै नेपाली काँग्रेसका अन्य नेताहरू पनि बालकोट जाँदै गरेको देउवा निकट स्रोतले बताएको छ ।

संसदबाट एमसीसी पास गर्ने विषयमा सहमति निकाल्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।

प्रतिक्रिया