Pura Samachar

२४ घण्टामा १११ जनामा कोरोना संक्रमण पुष्टि ,१ जनाको मृत्यु

प्रकाशित: February 27, 2022
पूरा समाचार

२४ घण्टामा १११ जनामा कोरोना संक्रमण पुष्टि ,१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया