Pura Samachar

चितुवाको छालासहित तीन जना पक्राउ

प्रकाशित: February 28, 2022
पूरा समाचार

चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौँ । बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बजैनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधु वन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार, पैदल हिँडिरहेका उनीहरूलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया