
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज परेको शिवरात्रिका लागि उपत्यकामा ट्राफिक व्यवस्थापन गरिएको जनाएको छ। महाशाखाले आज पशुपति आसपासका क्षेत्रमा सार्वजनिक सवारी प्रवेश निषेध गरेको छ।
यात्रुहरुको सहजताको लागि ६ ठाउँमा पार्किङको व्यवस्थापन मिलाइएको महाशाखाले जनाएको छ।
जसअनुसार सिफल चौर, गुह्येश्वरी पारि, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल र अमालकोट, तीलगंगा करिडोर, महानगरीय प्रहरी वृत्त गौशाला (सुरक्षा निकाय)मा पार्किङ गर्न पाइनेछ।
पशुपतिनाथ परिसरमा लाखौँ भक्तजन उपस्थित हुने भएकाले कालोपुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरीघाटबाट गौशालातर्फ जाने आउने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।
त्यसैगरी पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगल, तिलगंगाबाट गौशालातिर आउने सवारीलाई पनि रोक लगाइएको छ। सेतोपुल, कालोपुलबाट ठूला सवारीसाधन प्रवेशै गर्न पाउनेछैनन्।
टाढा टाढाबाट भक्तजनहरु आउने भएकाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनलाई भने निर्वाध आवतजावतको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया