Pura Samachar

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारयाणकाजी श्रेष्ठबीच आज पनि छलफल

प्रकाशित: March 3, 2022
पूरा समाचार

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारयाणकाजी श्रेष्ठबीच आज पनि छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारयाणकाजी श्रेष्ठबीच आज पनि छलफल भएको छ।

अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिने पार्टीको निर्णयपछि असन्तुष्ट बनेका श्रेष्ठलाई प्रचण्डले बिहीबार बिहान आफ्नै निवास खुमलटारमा बोलाएका हुन्।

स्रोतका अनुसार श्रेष्ठलाई पार्टी छोड्ने तहको निर्णय नगर्न प्रचण्डले भनेका छन्।

पार्टी छोड्न जोकोही स्वतन्त्र रहने भनेर प्रचण्डले सोमबार अभिव्यक्ति दिएका थिए। प्रचण्डको अभिव्यक्तिपछि श्रेष्ठ थप असन्तुष्ट बनेका थिए।

मंगलबार श्रेष्ठकै निवासमा पुगेर प्रचण्डले यसलाई अन्यथा नलिन र नयाँ कदम नचाल्न आग्रह गरेका थिए।

प्रतिक्रिया