
मेष राशि
मिश्रित खालको दिन छ । पूरा काम नबने पनि निराश हुनुपर्ने छैन। व्यावसायिक कामले अलिअलि सहयोग होला । मित्रबाट पाइने सदाशयताले भने निकै काम बन्नेछन् । सतर्क भएर हिँड्नुहोस् र गणेशको दर्शन गर्नुहोस् ।
वृष राशि
काम बन्लाबन्ला जस्तो भए पनि त्यसमा बाधा आउन थाल्नेछ । स्वास्थ्य त्यति राम्रो रहला जस्तो छैन । यात्रा हुने सम्भावनासमेत देखिन्छ तर विशेष उपलब्धि भने हुने छैन । शिक्षाको क्षेत्रमा लगाएको श्रम खेर जाने छैन ।
मिथुन राशि
दिन राम्रै खालको छ । प्रशस्त सङ्घर्ष गर्नु परे पनि काममा सफलता पाइनाले मन प्रसन्न नै होला । मुद्दामामिला एवं वादविवादमा तपाईंको विजय हुने निश्चित छ । व्यापारमा आएको बाधा पनि क्रमिक रूपमा हटेर जाला । पारिवारिक स्वास्थ्यले भने खर्च गराइरहने छ ।
कर्कट राशि
आर्थिक स्थिति त्यति राम्रो देखिन्न । पैसाको बचत पटक्कै हुनेछैन । हातले समातेको व्यवसाय एवं व्यापारमा पनि डाह गर्ने बढी छन् र बिगारी दिन सक्छन् । त्यसलाई हटाउन नारायणको दर्शन गर्नुहोस् । मनमा अनेक चिन्ता र तर्क, कुतर्क चल्न सक्छ ।
सिंह राशि
पूर्वाद्र्ध त्यति राम्रो देखिन्न । बेलुकीदेखि मात्र सुधार आउला । पढाइमा नराम्रो छैन । त्यसैले बढी समय शिक्षामा नै दिनुहोस् । व्यापारबाट सामान्य लाभ मात्र हुनेछ । रिस गर्नेहरू बढी छन् । गणेशको आराधनाले मात्र तिनीहरूलाई हटाउन सकिने छ ।
कन्या राशि
केही काम होला होला जस्तो भएर बिग्रनेछ । स्वास्थ्यका लागि दिन राम्रो छैन् । शनिबारदेखि मात्र काम बन्न थाल्नेछ । हौसला घट्ने छैन । मित्र असल खालका छन् भने पारिवारिक सहयोगले पनि प्रशस्त भरथेग गर्नेछ ।
तुला राशि
खर्च नभईकन कुनै पनि काम बन्ने छैन । अलिकति पैसा थपेमा केही गतिला कामसमेत बन्न सक्छन् । मित्रको सहयोग मिलिरहला । विशेष गरेर प्राविधिकखाले कामबाट प्रशस्त आर्जन गर्न सक्नुहुनेछ । खर्च नघटे पनि आय राम्रो हुनाले चिन्ता भने लिनुपर्ने स्थिति छैन ।
वृश्चिक राशि
मनमा डर लागिरहला तैपनि दिनलाई खराब भन्न सकिन्न । सुरुकै दिनमा इष्टमित्रसँग भेट हुने र भोजभतेरको कार्यक्रम बन्न सक्छ । ज्यादा मनोरञ्जन नगर्नुहोस्, झैँ-झगडासमेत पर्न सक्ने सम्भावना छ । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला ।
धनु राशि
भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला भने त्यसैका लागि खर्च पनि प्रशस्तै हुनेछ । पैसाको बचत होला जस्तो छैन । बेलुकीदेखि मात्र केही सुधार आउला । साथीको मात्रै भर नपर्नुहोस् । बरु शिक्षामा समय दिए प्रशस्त उपलब्धि हुन सक्छ ।
मकर राशि
अलिअलि आय त भइरहला तर त्यसले तपाईंको बढ्दो आवश्यकतालाई पूरा गर्न सक्दैन । हालको ग्रह स्थितिले कुनै पनि क्षेत्रलाई पूर्णता दिने देखिन्न । सामान्य खाले फाइदा मात्रै लिन सक्नुहुनेछ । जागिरतिरसमेत सन्तोष हुने छैन । पीपलमा नित्य जल हालिरहनुहोस् ।
कुम्भ राशि
दिनलाई राम्रै रूपमा लिन सकिन्छ । पहिलेको जस्तो विकृति हाल देखिन्न । काम गर्ने हौसला बढी नै रहला । मित्र असल खालका छन् भने गतिलो सहयोग दिनेछन् । समाजमा प्रतिष्ठा बढिरहेको छ । नेतृत्व शक्ति पनि विकसित भएर आएको छ ।
मीन राशि
दिनलाई राम्रो रूपमा लिन सकिन्छ । मनमा शङ्का र भय भए पनि त्यो हट्दै जाला । गरेका काम अलिकति विलम्ब भएर बन्दै जानेछन् । बचत त हुने छैन तर आर्थिक स्थिति हाल पहिलेको भन्दा प्रशस्त सप्रिएको छ ।
प्रतिक्रिया