
नेपाल बैंक लिमिटेडले रिक्त रहेको स्थानमा ठूलो संख्यामा आवेदन मागेको छ।
लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८-७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो।
इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो। सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म आवेदन माग गरेको छ।
प्रतिक्रिया