Pura Samachar

ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

प्रकाशित: March 4, 2022
पूरा समाचार

ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–६ जय नेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् । पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

बिहीबार राति ९ बजे महेन्द्रचोकबाट चोक बजारतर्फ जाँदै गरेको ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल पौडेलले चलाएका थिए ।

ट्रयाक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया