Pura Samachar

स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

प्रकाशित: March 4, 2022
पूरा समाचार

स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु

ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् ।

बिहीबार बेलुकी ७ बजे पैदल हिँडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो ।  दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

प्रतिक्रिया