Pura Samachar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज तिन घण्टाको लागि बन्द हुने

प्रकाशित: March 4, 2022
पूरा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज तिन घण्टाको लागि बन्द हुने

काठमाडौं २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज तिन घण्टाको लागि बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भइरहेको कारण आज हुन् । ११ः३० बजेदेखि २ः३० बजेसम्म सबै प्रकारको उडान बन्द हुने भएको हो ।

त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि यो पहिलो पटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो । यो समयमा आन्तरिक र बाह्य उडान प्रभावित हुने विमानस्थल कार्यालय जनाएको छ ।

हिजो बाट सुरु गरिएको क्यालिब्रेसन फ्लाइटका कारण बिहिबार पनि कतार एयरवेजका दुई वटा जहाज , दिल्लीबाट आएको भिस्तारा एयरवेज र आन्तरिक उडानका जहाजहरु प्रभावित भएका थिए ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।

प्रतिक्रिया