बाँके कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनबाट गौडेल उनका प्रतिद्वन्दी बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै सभापति पदमा निर्वाचित भएका हुन् ।
संस्थापन इतरबाट गौडेल र संस्थापन समूहबाट कुर्मी उम्मेदवार थिए । कुर्मीले ६६३ मत पाएका छन् । आज भएको दोस्रो चरणको मतदानमा कुल १४९३ मतादातामा १४३९ जनाले मतदान गरेका थिए भने १६ मत बदर भएको थियो ।सभापतिको हिजो भएको पहिलो चरणको मतगणनामा गौडेलले ५६९ मत ल्याएर पहिलो भएका थिए भने कुर्मीले ५३८ र संस्थापन समूहकै सुरेन्द्र हमालले ३१४ मत प्राप्त गरेका थिए। प्रतिस्पर्धाबाट बाहिरिएका हमालले संस्थापन इतरका गौडेललाई समर्थन गर्दै आफ्ना मतदातालाई गौडेललाई भोट दिन आह्वान गरेका थिए ।













प्रतिक्रिया