
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएई र पपुवा न्युगिनीविरूद्धको त्रिकोणात्मक सिरिजको तयारीका लागि श्रीलंका जाने नेपाली टिमलाई बिदाइ गरिएको छ।
टिमलाई शुक्रबार बिदाई गरिएको हो। नेपाली टिम भोलि शनिबार श्रीलंका जानेछ।
त्यहाँ पहिलो श्रेणीको टिमसँग चार वटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको थियो।
नेपाली टिम श्रीलंकाबाटै १४ मार्चमा युएई जानेछ।
प्रतिक्रिया