Pura Samachar

इन्टर मिलानको फराकिलाे जित

प्रकाशित: March 5, 2022
पूरा समाचार

इन्टर मिलानको फराकिलाे जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजको ह्याट्रिक सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । इन्टरले घरेलु मैदानमा सालेरनिटानामाथि ५–० को को फराकिलो जित निकालेको हो ।

थप दुई गोल इडेन जेकोको नाममा रह्यो । घरेलु मैदान मिलानोमा शुक्रबार राति भएको खेलमा इन्टरले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

यो जितसँगै इन्टर मिलानले नेपोली र एसी मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको छ । इन्टरको २७ खेलबाट ५८ अंक पुगेको छ । समान खेलबाटै नेपोली र एसी मिलानको ५७ अंक छ । पराजित सालेरनिटाना १५ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया