Pura Samachar

अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित

प्रकाशित: March 7, 2022
पूरा समाचार

अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई पराजित गरेको छ ।

५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो ।

नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमबल ५ ओभरमा अलआउट हुदै १ सय ३ रनमा सिमित भयो ।

श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।

ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई–दुई विकेट लिए ।

सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक–एक विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल १ ओभरमा अलआउट हुदै २ सय १४ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे ।

आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले २ रन जोडे ।

श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ तथा अवादतले ३ विकेट हात पारे ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।

श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन्  ।

नेपालले दोस्रो अभ्यास खेलपनि श्रीलंका नाभीविरुद्ध मंगलबार खेल्नेछ ।

नेपालले तेस्रो खेल बिहीबार श्रीलंका पुलिस र चौथों खेल शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्ने छन् ।

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।

युएईमा हुने सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  ।

नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।

नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

प्रतिक्रिया