
काठमाडौं २४ फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव घाटी काटेको अवस्थामा फेला पारेको छ ।
तरकारी खेती गर्दै आएकी अन्दाजी ३५/४० वर्षीया महिलाको शव फेला टिनले बनाएको टहरामा फेला परेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार अर्धनग्न अवस्थामा फेला परेको उक्त महिलाको घाँटीको अगाडि भागमा गहिरो चोट लागेको छ ।
पहिचान नखुलेकी उक्त महिलाको शव गएराति फेला परेको हो । अहिले उक्त शव पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको प्रहरीले जनाएको छ ।
घटनाको अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया