
नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ सोमबारको तुलनामा स्थिर देखिएको हो।
छापावाल सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ भने सोमबारको तुलनामा घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।
चाँदी प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया