Pura Samachar

टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

प्रकाशित: March 8, 2022
पूरा समाचार

टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं, २४ फागुन-महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा सोमबार बेलुकी टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन् ।

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।सोमबार बेलुकी साढे ७ बजे प्रदेश २–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया