
काठमाडाैं । बिहीवार देशभरकाे माैसममा सामान्य बदलाव हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी तथा उच्च हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाकाे भनाइ छ।
देशको पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
प्रतिक्रिया