Pura Samachar

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

प्रकाशित: March 11, 2022
पूरा समाचार

भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

भोलि (शनिबार) का तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो। आदेशमा आगामी चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न भनिएको छ।

अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेशसमेत दिएको छ।

भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिक–समावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया