
काठमाडौं २७ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार सुर्खेत जाने भएका छन् ।
पार्टीको कर्णाली प्रदेश कमिटीले गर्न लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड सुर्खेत जान लागेको उनको सचिवालयले जनाएको छ ।
उक्त विशेष प्रशिक्षण कार्यक्रममा कर्णालीका सबै स्थानीय तह, जिल्ला संयोजन समितिका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु सहभागी हुने बताइएको छ ।
उक्त कार्यक्रम वीरेन्द्रनगरको सिटीहलमा हुने भएको छ । अध्यक्ष प्रचण्ड सहित उक्त कार्यक्रममा पार्टीका प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुने भएका छन् ।
प्रतिक्रिया