
काठमाडौं । युक्रेन रुस युद्धका कारण आकशिएको इन्धनको मूल्य फेरि घट्नसक्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही कम भएपछि इन्धनमा राहत हुने अपेक्षा गरिएको हो । कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० डलर पुगेको थियो । तर अहिले घटेर १११ डलर प्रति ब्यारेलमा झरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार अनुसार कच्चा तेलको मूल्यमा झण्डै १३ प्रतिशतले कटौति भएको हो ।
यस्तै युक्रेन र रुस युद्धका कारण विश्वव्यापी तेलको माग बढेपछि अबियन तेल उत्पादक देशहरुको संगठन ओपेकले कच्चा तेलको उत्पादन बढाउने तयारी गरेको पनि समाचारमा जनाइएको छ । ओपेकले उत्पादनमा वृद्धि गरे तेलको मूल्यमा थप कमी आउने बताइएको छ । यसबाट भारतीय बजारलाई बढी फाइदा पुग्ने विश्वास गरिएको छ । नेपालले पनि भारतबाटै तेल खरिद गर्ने भएकोले यसको लाभ नेपाललाई समेत हुन्छ । तर ओपेकका तर्फबाट कनै औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन । यस्तै अमेरिकाले रुसी इन्धनमा प्रतिबन्ध लगाएकोले पनि तेलको मूल्य घट्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया