Pura Samachar

सेमिफाइनलमा त्रिभुवन आर्मीले नवप्रवेशी सातदोबाटो क्लबसँग खेल्दै

प्रकाशित: March 11, 2022
पूरा समाचार

सेमिफाइनलमा त्रिभुवन आर्मीले नवप्रवेशी सातदोबाटो क्लबसँग खेल्दै

इलाम । झापाको विर्तामोड स्थित डोमलाल राजवंशी रंगशालामा उपाधि होड प्रवेशका लागि ३ संस्करणको विजेता त्रिभुवन आर्मीले नवप्रवेशी सातदोबाटो क्लबसँग खेल्दैछ ।

खेल आज दिउँसो २ः३० मा सुरु हुनेछ ।

‘जाइन्ट किलर’ को उपमा पाएको सातदोबाटो अविश्वसनिय नतिजाको लागि माहिर टोली मानिन्छ ।

झापाली मैदानमा पहिलो पटक उत्रिएको क्लबले जावलाखेल र एपिएफको चुनौतीलाई पार लगाउँदै आमीसंगको भेट पक्का गरेको हो ।

यता आर्मीले पाहुना टोली मानेभञ्ज्याङ विरुद्ध सहज जित निकाल्दै सेमीफाइलन पुगेको हो ।

गत बर्षको बी डिभिजन च्याम्पियन भएर ए डिभिजनमा उक्लिएको सातदोबाटो सहिद स्मारक ए डिभिजन लिगमा चौथो स्थानमा रहयो ।

लिगकै नतिजालाई हेर्दा आर्मीलाई बराबरीमा रोक्न सफल टोलीको रुपमा सातदोबाटो रहेको छ ।

नेपाली फुटबलको पावरहाउस मध्येका मनाङ मस्र्याङदी, थ्रीस्टार, नेपाल पुलिस जस्ता क्लबलाई लिगमा हराउँदै चौथो स्थानमा सिमित बन्दा संकटासंग बराबरी खेलेको थियो ।

प्रतियोगितामा सेमीफाइनल पुग्ने ४ टोली मध्ये राष्ट्रिय खेलाडी विहिन टोली सातदोबाटो हो ।

तर अविश्वसनिय नतिजाको लागि माहिर टोली विरुद्ध विभागीय आर्मी दबाबमा हुनेछ । प्रत्योगितामा सहभागिता जनाएको ४ मध्ये ३ प्रतियोगिताको फाइनल खेल्दै उपाधि जितेको टोलीलाई नवप्रवेशी विरुद्ध केही कठिन हुने देखिन्छ ।

यदपी टिमका मुख्य स्ट्राइकर नवयुग श्रेष्ठ इन्जुरीपछि कमब्याक गरिसकेको अवस्थामा आर्मी केही बलिया देखिन्छ ।

गोलरक्षक अविशेक बराल, पिटर सेगुन, मानबहादुर तामाङ, सुशिल राई, अजयी मार्टिन्स्, प्रशान्त अवस्थी, आशिष राई लगायतको खेलाडीहरु सहित सातादोबाटो मैदान उत्रिनेछ ।

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु, सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, जगजित श्रेष्ठ, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, सेसेहाङ आङ्दाम्बे लगायतका खेलाडीहरु आर्मीसंग हुनेछन् ।

प्रतिक्रिया