
रुसी सेना युक्रेनको राजधानी सहर किभको ५ किलोमिटर नजिक पुगेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छनपछिल्लो २४ घण्टामा रुसी सेना युक्रेनको राजधानीको नजिकै पुगेको उनीहरुको भनाइ छ।
युक्रेनको उत्तर–पश्चिमबाट राजधानीतर्फ आइरहेको रुसी सेना राजधानीको केन्द्रभन्दा अब केवल १५ किलोमिटर टाढा छन्।
रुसी सेना किभभन्दा करिब ४० किलोमिटर टाढाबाट उक्त स्थानसम्म आइपुगेको अधिकारीहरुले बताएका छन्।
युक्रेनको उत्तरी सहर चेर्निहिभ अहिले अन्य भागबाट एक्लिएको उनीहरुको भनाइ छ।
रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म ७७५ मिसाइल प्रहार गरिरहेको छ।
उसले सबै किसिमको मिसाइल प्रहार गरेको छ। बिहीबार किभका मेयरले अहिले राजधानी सहर सशस्त्र आम नागरिकले रक्षा गरिरहेको बताएका थिए।
उनले किभमा आफूहरुको बलियो पकड रहेको बताएका थिए।
प्रतिक्रिया