
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सम्भावित कार्यसूची शुक्रबार (आज) सार्वजनिक गरिएको छ । आइतबार दिउँसो एक बजे बस्ने प्रतिनिधिभासको बैठकका लागि संघीय संसद सचिवालयले आज सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौं वार्षिक प्रतिवेदन पेश गरेकाे छ् । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाएको छ ।
प्रतिक्रिया