Pura Samachar

एमसीसी आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ:प्रधानमन्त्री शेरबहादुर देउवा

प्रकाशित: March 11, 2022
पूरा समाचार

एमसीसी आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ:प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा कार्यक्रममा उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा व्यवसायीहरुको भूमिका रहेको बताएका हुन् ।

एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे । प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुहोस ‘अरु देशका पनि आउँछन् । चीनका पनि आउन सक्छन् । तर, तपाइँहरु टेन्डर हाल्नुहोस्।’

निर्माण व्यवासीका समस्या हामी समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले टेन्डर हाल्न आग्रह गरे ।

प्रतिक्रिया