
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आजदेखि स्थानीय तह निर्वाचन लक्षित घरदैलो अभियान सुरु गरेको छ ।
‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने नाराका साथ कांग्रेसले आजबाट एक महिने अभियान सुरु गरेको हो । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गरेको हो ।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ ।
अभियान चैत २९ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया