Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटमा

प्रकाशित: March 13, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा  एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।

प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल गर्न मिति र समय तोक्ने कार्यसूची रहेकोछ । प्रधानन्यायाधीश जबराविरुद्ध माओवादीका प्रमुख सचेत देवप्रसाद गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा एकिकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसदहरु समर्थक रहेर गत फागुन १ गते महाअभियोगको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए ।

अहिले भर्खर बालकोट पुग्नुभएका देउवा र ओलीबीच महाभियोगसँगै अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया