Pura Samachar

मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर

प्रकाशित: March 13, 2022
पूरा समाचार

मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।१२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घुस लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया