Pura Samachar

नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

प्रकाशित: March 14, 2022
पूरा समाचार

नेपाली कांग्रेस सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित

नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमिति सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्।

उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

उनले १७५८ मतसहित सभापति जितेका हुन्।

सभापतिका अर्का उम्मेदवार लक्ष्मण रायले जम्मा १३६८ मत ल्याएका थिए। लक्ष्मणलाई शेखर कोइराला पक्षको समर्थन थियो।

उपसभापतिमा नवीनप्रसाद अधिकारी र सरोज कुमार (राजु) निर्वाचित भएका छन्।

सचिवमा निरज कार्की र मनोजकुमार यादव निर्वाचित भए। सहसचिवमा ईन्द्रबहादुर योन्जन र सुनिलकुमार कुशवाह निर्वाचित भएका छन्।

यहाँ आइतबार अधिवेशन भएको थियो।

प्रतिक्रिया