
सुनको मूल्यमा गिरावट आएको छ। सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो। आइतबार प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजावी सुन भने प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको हो।
चाँदीको मूल्यमा समेत गिरावट आएको महासंघले जनाएको छ।आइतबार प्रतितोला १४२५ रुपैयाँमा कारोबार भएकोमा आज १४१५ रुपैयाँ कायम भएको हो।
प्रतिक्रिया