Pura Samachar

भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित हुनु नपर्ने:अध्यक्ष पुष्पकमल दाहाल

प्रकाशित: March 14, 2022
पूरा समाचार

भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित हुनु नपर्ने:अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पिर’ गीतबाट कोही पनि उत्तेजित हुनु नपर्ने बताएका छन् ।

उनले सुदूरपश्चिममा आज (सोमबार) बिहान पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौँ वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुन नपर्ने बताए ।
“तर्क वितर्क हुन्छन्, त्यसलाई स्वभाविकरुपले लिनुपर्छ,” प्रचण्डले भने ।

उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनु नपर्ने बताए ।

प्रतिक्रिया