Pura Samachar

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटयो

प्रकाशित: March 15, 2022
पूरा समाचार

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटयो

facebook sharing buttonकाठमाडौँ । नेपाली बजारमा एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (सोमबार) तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

twitter sharing button
whatsapp sharing button
pinterest sharing button
messenger sharing button

 

प्रतिक्रिया