Pura Samachar

आज नेपालले आईसीसी विश्वकप लिग–२मा पीएनजीसँग खेल्दै

प्रकाशित: March 16, 2022
पूरा समाचार

आज नेपालले आईसीसी विश्वकप लिग–२मा  पीएनजीसँग खेल्दै

काठमाडौं:०२/१२/२०७८ बुधवार

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजअन्तर्गत पीएनजीसँग खेल्दैछ। नेपाल र पीएनजीबीचको खेल बुधबार बिहान ११:१५ बजेदेखि मा यूएईको शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ।

यस सिरिजमा नेपालसँगै घरेलु टोली यूएई र पीएनजी छन्। यस सिरिजका लागि नेपाली टिम सोमबार नै यूएई पुगिसेको छ। श्रीलंकामा रहेको नेपाली टिम उतैबाट यूएई गएको हो।

श्रीलंकामा चार म्याचमध्ये नेपालले तीन खेल जित्यो भने अन्तिम म्याचमा पराजित भएको थियो। नेपाली टोलीले चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त–११ विरुद्ध ९२ रनले हारेको थियो।

यसअघि नेपाल नेभी क्लबसँगको पहिलो खेलमा १ सय ११ र दोस्रो म्याचमा ८१ रनले विजयी भएको थियो। तेस्रो खेलमा नेपालले श्रीलंका पुलिसलाई १ सय ४५ रन हराएको थियो।

नेपाली टिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ। लिग–२ अन्तर्गत ७ टिम सहभागी छन्। सिरिजमा नेपालले अहिलेसम्म दुई सिरिज खेलिसकेको छ।

दुई वर्षअघि नेपालमा भएको सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। यस्तै अर्को सिरिज ओमानमा भएको थियो। ओमानमा नेपालले घरेलु टिमसँगै अमेरिकासँग प्रतिस्पर्धा गरेको थियो। लिग–२ मा नेपालले ८ खेलमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो।

८ अंक जोडेको नेपाल अंक तालिकमा छैटौं स्ठानमा छ। लिग–२ सहभागी ७ टिममध्ये पीएनजी सबैभन्दा कमजोर टिम हो। उसले १२ खेल खेल्दा सबैमा पराजय बेहोरेको छ। नेपाल र पीएनजीबीच हालसम्म दुई वटा वानडे म्याच भएका छन्।

दुवै म्याच नेपालले नै जितेको छ। ओमानमा भएको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट र दोस्रो म्याचमा १ सय ५१ रनले विजयी भएको थियो।

प्रतिक्रिया