Pura Samachar

काठमाडौंमा आज बिहान मोटरसाइकल र स्कुटर आपसमा जुध्दा एक जनाको मृत्यु

प्रकाशित: March 16, 2022
पूरा समाचार

काठमाडौंमा आज बिहान मोटरसाइकल र स्कुटर आपसमा जुध्दा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ विजेश्वरीमा आज (बुधबार) बिहान मोटरसाइकल र स्कुटर आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।बा ४९ प ६१२३ नम्बरको स्कुटर र बा ८५ प ५०६० नम्बरको मोटरसाइकल आपसमा जुध्दा स्कुटर चालक धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा घाइते भएका उनको स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।मोटरसाइकल सहित चालक प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया