Pura Samachar

खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ ले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरे

प्रकाशित: March 16, 2022
पूरा समाचार

खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ ले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरे

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरिरहेकाे नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ ले बुधबार प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेका छन्।

तत्कालीन नेकपा नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिका सम्बन्धमा नेकपा प्रवक्ता प्रकाण्डले बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँँणसँग भेटवार्ता गरेका हुन्।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो। प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग भएको भेटको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

‘नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता । २०७८ चैत्र २,’ उनले तस्बिरसँगै लेखेका छन्। भेटमा भएको छलफलबारे भने केही खुलाइएको छैन।

प्रतिक्रिया