Pura Samachar

लिभरपुलकाे सहज जित

प्रकाशित: March 17, 2022
पूरा समाचार

लिभरपुलकाे सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २-० गोल अन्तरले हराएको हो ।

आर्सनलको मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे ।

खेलको ५४ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

 

त्यसपछि खेलको ६२ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

यस जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दुरी १ अंकमा झारेको छ ।

दोस्रो स्थानको लिभरपुलले २९ खेलमा ६९ अंक जोडेको छ ।

शीर्ष स्थानको सिटीको ७० अंक रहेको छ ।

आर्सनल २७ खेलमा ५१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया