Pura Samachar

भगवन्त मानले बुधवार पन्जाबको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिए

प्रकाशित: March 17, 2022
पूरा समाचार

भगवन्त मानले बुधवार पन्जाबको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिए

काठमाडौँ । आम आदमी पार्टीका नेता भगवन्त मानले बुधवार पन्जाबको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोह पन्जाबको नवांशहरस्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।

राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ ।

भगवन्त मानले पन्जाबी भाषामा भगवानको नाममा शपथ लिएका थिए । उनी प्रदेशको १७ औँ मुख्यमन्त्री हुन्, अहिले उनले मात्रै शपथ लिएका हुन् । अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

प्रतिक्रिया