
काठमाडाैं । शुक्रवार बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएकाे हो ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेकाे विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार हिजाे (बिहीवार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियाे ।
प्रतिक्रिया