Pura Samachar

प्रकाशित: March 18, 2022
पूरा समाचार

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

 

व्यवसायको लागि दिन लाभदायी रहेको छ। परिवारको आनन्ददायी वातावरणले मन प्रफुल्लित गर्नेछ। घरमा सुखद्  घटना घट्नेछ । शारीरिक स्वास्थ्य वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा यश-कीर्ति मिल्नेछ। व्यापारमा अथाह लाभ मिल्नेछ। जीवनसाथीसँग सम्बन्ध निकटता रहनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

 

बौद्धिक चर्चाबाट टाढा रहनुहोला। विद्यार्थीको लागी कठिन समय रहेको छ। मनमा चिन्ता रहनेछ। पेट सम्बन्धित रोगले मन चिन्तित रहनेछ। मध्यान्नपछि राहतको अनुभव हुनेछ। मानसिक रूपले तपाई चिन्तित रहनुहुनेछ। कार्यमा प्रशंसा मिल्नेछ। माईतबाट शुभ समाचार मिल्नेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

 

स्फूर्तिको अभाव रहनेछ। पारिवारिक सदस्यसँग झगडा होला। सम्पत्तिको मामिलामा सावधानी अपनाउनुहोला। आकस्मिक धनको खर्च हुनेछ। उग्रतापूर्ण बौद्धिक चर्चामा भाग नलिनुहोला।

 कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

 

कुनै पनि कार्य बिना सोचविचार सुरु नगर्नुहोला। आफन्तसँगको भेटले मन आनन्दित गर्नेछ।  प्रेमपूर्ण सम्बन्धले आनन्द वृद्दि हुनेछ। प्रतिस्पर्धीको अगाडी मनोबल टिकिरहनेछ। शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान राख्नुहोला। आमाको स्वास्थ्यको कारण चिन्तित रहनुहुनेछ।

 सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

 

बौद्धिक क्षमता  वृद्धि हुनाले चर्चामा भाग लिन सक्नुहुनेछ। वाद-विवाद नगर्नुहोला। पारिवारिक सदस्यसँग समय बिताउनुहुनेछ। आर्थिक लाभ होला। मध्यान्नपछि राम्रोसँग रहनुहोला। भाईबाट लाभ मिल्नेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ।

 कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

 

बोलीमा विशेष ध्यान दिनुहोला। अन्य व्यक्तिसँगको प्रेम वृद्दि हुनेछ। पर्यटनको लागि आनन्ददायी दिन रहेको छ।  व्यावसायिक क्षेत्रमा लाभ मिल्नेछ। पारिवारिक वातावरण आनन्दमय रहनेछ। आर्थिक लाभ मिल्नेछ। विदेशको  व्यापारमा  सफलता मिल्नेछ। रुचिपूर्ण भोजन मिल्नेछ ।

 तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

 

क्रोधलाई नियन्त्रण गर्नुहोला। बोलीमा ध्यान राख्नुहोला। खर्चको मात्र अधिक रहेनछ। शारीरिक र मानसिक स्वास्थ्य बिग्रिन सक्ला। मध्यान्नपछि प्रसन्नता अनुभव हुनेछ। आर्थिक रूपले लाभ हुनेछ।

 वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

 

जीवनसाथी प्राप्त हुन सक्नेछ। आय र व्यापारमा वृद्धिको योग रहेको छ। मित्रसँग घुम्न जानुहुनेछ। समय निकै आनन्दपुर्वक बित्नेछ। मध्यान्नपछि स्वभावअ क्रोध र उग्रता बढ्नेछ। मित्रसँग अनबन हुनेछ। मानसिक रूपले अस्वस्थ रहनुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

 

कार्यको योजना सम्पन्न हुनेछ। व्यवसायिक रूपले सफलता प्राप्त हुनेछ । कार्यालयमा वातावरण अनुकूल रहनेछ। परिश्रमको अपेक्षानुसार पदमा उन्नति हुनेछ। परिवारमा आनन्द -उल्लास रहनेछ। मित्रसँग भएको भेटले मन प्रफुल्लित रहनेछ। प्रवास वा पर्यटनको योग रहेको छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

 

विदेश जान इच्छुक व्यक्तिको लागि सम्भावना बढ्नेछ। धार्मिक यात्राबाट आनन्दित अनुभूति हुनेछ। परिवारमा आनन्दमय वातावरण रहनेछ। व्यावसायिक क्षेत्रमा पदोन्नति हुनेछ। धनको साथ-साथै मान-सम्मान वृद्दि हुनेछ। पिताको तर्फबाट लाभ मिल्नेछ।

 कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

 

नयाँ कार्य प्रारम्भ नगर्नुहोला। स्वास्थ्य सम्हाल्नको लागि खान-पानमा ध्यान राख्नुहोला। बोलि र व्यवहारमा ध्यान दिनुहोला। कसैसँग उग्र विवाद अथवा मनमुटावलाई टाल्नुहोला। मध्यान्नपछि प्रसन्नता वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्य तथा धार्मिक प्रवासको आयोजन गर्नुहुनेछ।

 मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

 

व्यापारमा लाभ मिल्नेछ। कुनै मनोरञ्जन स्थलमा आनन्दमय वातावरणमा रमाउनुहुनेछ। मध्यान्नपछि परिस्थितिमा परिवर्तनको अनुभव गर्नुहुनेछ। मध्यान्नपछि नयाँ कार्य प्रारम्भ नगर्नुहोला। क्रोधमा ध्यान

प्रतिक्रिया