Pura Samachar

राजयपालको अभिभाषणका साथ नागालैंड विधानसभाको बजेट सत्र शुरु

प्रकाशित: March 19, 2022
पूरा समाचार

राजयपालको अभिभाषणका साथ नागालैंड विधानसभाको बजेट सत्र शुरु

डा. हरिमोहन पोखरेल

कोहिमा/महामहिम राज्यपाल प्रो. जगदीश मुखीको अभिभाषणका साथ नागालैंड विधान सभाको बजेट सत्र आजबाट शुरु भएको समाचार प्राप्त भएको छ ।
विधानसभामा आफ्नो अभिभाषण प्रस्तुत गर्दै महामहिम राज्यपालले भने नागाहरूको राजनैतिक स्थाई समाधानको लागि सबै जनताहरूले नै आफ्नो सोच विचार बदल्नुपर्ने छ ।
उनले अगाडि भने कि लगातार प्रयास जारी नै रहे पनि आपसी तालमेल नबनेकोले गर्दा नै नागाहरूको स्थाई समाधान भएको छैन ।त्यसको लागि सबै तप्काबाट प्रयास जारी राख्नुपर्ने छ ।
आफ्नो अभिभाषण उनले ओटिङ मामिलाको याद दिलाउदै भने कि ओटिङमा घटेको घटनाले सबै दुःखी छौ ।उनीहरूको पारिवारिक दुखमा हामी संगै उभियौ अनि फेरि पनि सरकारले सबैको क्षतिपूर्ति दिएको छ ।यस्तो खालको घटना भविष्यमा नघटोस ।
राज्यको अवस्थामा कुरा गर्दै उनले भने कि कोविदको महामारीको समयमा हामीले सरकारले दिइने सहयोग सबै तप्काको मानिसहरूलाई दिएको हो ।जसमा उल्लेख गर्न सकिन्न ।
राज्यको विकास र उन्नतिको कुरा गर्दै मुखीले भने कि यदि युवाहरू सक्रिय रूपमा जागरूक भए सरकारले खोलेका उन्नतिको बाटाहरूबाट सजिलै सफलता पाइन सकिन्छ ।
स्मरण रहोस् राज्यको बजेट सत्र आगामी एकतीस मार्च सम्म चल्ने छ ।जसमा सरकारले धेरैवटा बिलहरू पास गर्ने संभावना छ ।

प्रतिक्रिया