
मोरङ । प्रधानमन्त्री शेरबहादुर देउवा नगरपालिकाको कार्यक्रममा सहभागि हुन आज मोरङ जाने कार्यक्रम छ । उहाँ मोरङ्गको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन त्यतातर्फ जान लाग्नुभएको हो । सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री देउवा आज बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनुहुने।
प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरी उहाँले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले बताउनुभयो ।
प्रतिक्रिया