Pura Samachar

बार्सिलोनाले रियल माथि(४-० )फराकिलो जित

प्रकाशित: March 21, 2022
पूरा समाचार

बार्सिलोनाले रियल माथि(४-० )फराकिलो  जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल मड्रिडमाथि सानदार जित निकालेको छ ।

आइतबार राति भएको एल क्लासिकोमा बार्सिलोनाले रियललाई ४-० गोल अन्तरले हराएको हो ।

रियलको मैदानमा बार्सिलोनालाई जित दिलाउन पिएरे एमरिक अबमेयाङले दुई गोल गरे । रोनाल्ड अरुजो र फेरान टोरेसले एक एक गोल गरे ।

खेलको २९ औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

 

३८ औं मिनेटमा रोनाल्डले गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो ।

खेलको ४७ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

 

यस जितसँगै बार्सिलोनाले २८ खेलमा ५४ अंक जोडेको छ ।

बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ ।

रियल ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया