Pura Samachar

चिनियाँ विदेशमन्त्री शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउने

प्रकाशित: March 21, 2022
पूरा समाचार

चिनियाँ विदेशमन्त्री शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउने

facebook sharing button
twitter sharing button
काठमाडौं- चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्। वाङ यी शुक्रबार तीन दिने नेपाल भ्रमणमा आउने भएका हुन्।

नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणबारे आज औपचारिक जानकारी पनि दिँदैछन्। उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्ने बताइएको छ।

चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्। वाङको महत्त्वपूर्ण कार्यक्रमहरू सबै चैत १२ र १३ गतेलाई राखिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल-चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय बैठक बस्नेछ।

नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। वाङ चैत १३ गते साँझ स्वदेश फर्किने छन्।

प्रतिक्रिया