Pura Samachar

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ४४८ को मृत्यु

प्रकाशित: March 23, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ४४८ को मृत्यु

काठमाडौं ।  विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको  छ ।

त्यस्तै, केही दिनदेखि विश्वभर संक्रमित र मृत्यु दरमा निरन्तर गिरावट आइरहेको छ । विश्व स्वास्थ्य संगठनकाे दैनिक तथ्यांक हेर्दा काेराेना संक्रमण महामारी निरन्तर ओरालो लागेको संकेत देखिएकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ४ हजार ४४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ४ हजार ४४८ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर १६ लाख ४२ हजार ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ४७ करोड ४० लाख ३३ हजार २२९ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, ४० करोड ९९ लाख ९३ हजार ७९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ६१ लाख २१ हजार ४२८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

हालसम्म विश्वभर ५७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ६० हजार बढी गम्भीर अवस्थामा रहेका छन् । त्यस्तै, पछिल्लाे २४ घण्टामा थप ११ लाख ८६ हजार ३३३ संक्रमित निकाे भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९ सय ५१ को ज्यान गएको छ । २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ७८ हजार २३१ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ९ लाख ६३ हजार ५९२ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया